काठमाडौं। सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सुरु भएको छ।
कांग्रेस संसदीय दलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ । दुवै बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।
नेपाली कांग्रेसले शुक्रबार संसद्मा पेस भएको सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न दलको बैठक बोलाएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि संसद्मा छलफल हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
