नेपालकाे इतिहासमा गाडिकाे प्रयाेग १९७८ सालमा बेलायती राजकुमार एडवडले चितवनमा सिकार खेल्न जाँदा प्रयाेग गरेकाे त्यसपछि चन्द्रशमसेरकाे पालामा गेहेन्द्र शमसेरले गाडि मगाएकाे इतिहास पाइन्छ भने खाेटाङकाे हकमा २०६४पुस २० मा गाडि ल्याइएकाे थियाे। त्यस्ता इतिहासलाइ ब्याबहारमा लागु गर्दै हामी याे अवस्थामा आइपुगेका छाैँ।
राष्टिय गाैरवकाे आयाेजना मध्यपहाडि राजमार्ग विधिगत रुपले २०६४ मा सुरु भएर २०८४ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएकाे थियाे। साे लक्ष्य अनुसार करिब निर्माण कार्य सम्पन्न भइसकेकाे छ।तथापि नेपालका बिभिन्न गाँउबस्तिहरुकाे अवस्था उस्तै रहेकाे पाइन्छ।
जिल्ला देखि गाँउसम्म पुग्न र भइपरी आाउदा गाँउबाट जिल्लासम्म आउन अझै ठूलाे समस्या देखापरेकाे छ।स्थानिय सरकारले हिउद बर्षा गाडि चल्न सक्ने बनाउने प्रतिबद्धता जनाएपनि अझै साेचेजस्ताे कार्य हुन सकेकाे छैन ।सुत्केरी महिलाहरु बाटाेबाटाेमा अलपत्र पर्ने जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ता लिन आउदा ट्याकटरमा आउनु पर्ने दुर्घटनाबाट मृत्यू भएका मृतककाे पाेसमार्टम गर्न ल्याउदा लाँदा ट्याकटरमै लान ल्याउ परने अवसथा आजपनि उस्तै छ।
सडक निर्माणकाेलागि ठेक्का पाएका ठेदारकाे लापरबाहिकाे कारण धेरै बाटाेहरु अलपत्र परेकाे र त्यस्ता ठेकेदारलाइ कानुनि कार्बाहि गर्न नसकनुकाे कारण हरेक बिकासे आयाेजनाहरुले साेचेजस्ताे प्रगति हुन नसकेकाे जनगुनासाे हरु आइरहेका छन ।के अझै पनि स्थानिय सरकारले यसरिनै ठेकेदारलाइ कानुनि दायरामा ल्याउन सहज नहुने नै हाे त? चखेवा–सेखुवा १० किमि सडक कालोपत्रे मध्यपहाडी लोकमा लामो समयदेखि अलपत्र
लप्से (पंखु) खोला पक्की पुल जस्ता अनेकाै समस्याकाे समाधान खाेज्ने कि ?
