Skip to main content

Sky Media Nepal

नीति तथा कार्यक्रमको ढुक्कले प्रचार गर्न सांसदलाई एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रममको ढुक्कले प्रचार गर्न सांसदलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले विपक्षीले गरेको विरोधको जवाफ दिन कुनै आवश्यक नरहेको भन्दै नीति तथा कार्यक्रमको ढुक्कले प्रचार गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको स्पष्ट गरे।

नीति तथा कार्यक्रममा स्पस्ट धारणा राख्न उनले सांसदलाई निर्देशन दिए । ‘लर्‍याङतर्‍याङ कुरा गरेर हुँदैन । त्यसको कुनै महत्व छैन । नीति तथा कार्यक्रममा स्पस्ट विचार राख्नुस्,’ उनले भने ।

एमालेको संसदीय दलमा वैचारिक एकरूपता भएको र मर्यादाको पालना गरेर एमाले संसदीय दल चलेको भन्दै त्यसलाई निरन्तरता दिन निर्देशन दिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *