Skip to main content

Sky Media Nepal

लघुकथा : जनैको साँचो

 ” समयले  नेटो काट्यो , अब कति बाँचुला र खै ? जहान पनि खसेर गई ।  ” गनगनाए पण्डित

Advertisement

 पण्डित्याई गरेर जसोतसो गुजारा चलाएको छु ।” म मरेपछि के हाल होला, केही गर्न खोज्दैनन् ? ” फेरि फत्फताए ।

 जेठो छोरो  अल्छी छ ,  सुतिरहन्छ । माहिलो छोरो घरमा एकछिन बस्ने होइन, डुलिरहन्छ । कान्छो सानै छ । खै के गरी खालान् ?” विरक्तिए पण्डित

घरको यत्रो जिम्मेवारी छ । लिनै खोज्दैनन् , ” यी तीनजना मध्ये कसले गर्छ  ? त्यो पनि मलाई थाहा छैन । “

 एकदिन तीनैजना छोराहरूलाई बोलाएर  खाली कोठा देखाउँदै भने,  “तिमीहरुको स्व: विवेकले त्यो कोठामा के के राखेर भर्ने हो भर ।  कोठा भरियो भने मलाई बोलाए भन्दै गए ।” पण्डित

         अब पीताजीले भनेको कुरा कसरी टार्ने, गर्ने पर्यो ।

    जेठाले सोच्यो ।    खलियो भरी दाउरा छन् , त्यहीँ ल्याएर भर्छु भन्यो , गर्यो तर भरिएन त्यतिकै छाड्यो ।

     माहिलाले सोच्यो । ए ! हाम्रो घरमा  टन्न धान छ,  त्यहीँ  ल्याएर भर्छु भन्यो , गर्यो  तर भरिएन ।  त्यतिकै छाड्यो ।

       कान्छाको पालो आयो ,उसले कोठा हेर्यो , ” दाइहरुले भर्न नसकेर त्यतिकै छाडेर गए । दाइहरु जतिको बलवान् पनि होइन , खै के सकुला र  म ?”

 एक छिन घोरिएर दिमाग लगायो ।  यसलाई सफा गरी पूजाकोठा बनाउँछु भन्यो ,  आफ्नी स्वर्गीय माताजीको फोटो लिएर फूलको हार लगायो । नजिकै दियो बालिदियो ।

   तीनैजना छोराहरु पीताजीसम्म पुगेर आ- आफ्नो काम सकेको जानकारी गराए ।  पिताजीले  नजर घुमाउँदै  सोध्नु भयो ।

 ” के के गर्यौ त ?”

 तीनैजनाले आफ्नो आफ्नो कामको समीक्षा गरे ।

     निर्णय  पीताजीको हातमा थियो , पीताजीले गम्भीर मुद्रामा भन्नुभयो ,  “म बुढो भए, डुब्न लागेको घाम ,  कति खेर के हुन्छ थाहा छैन ? त्यस कारण तिमीहरु मध्ये कसले घरको जिम्मेवारी लिन सक्छ भनेर मैले  परीक्षा लिएको हु । “

    कान्छालाई सुम्सुम्याउँदै पिताजीले आशावादी स्वरमा भने ,  ” हेर बाबु आजदेखि मेरो यो जनैको साँचो तिम्रो जनैमा हुनेछ ।

 (भूमिका गैरे तिमिल्सिना )

गैंडाकोट ४, नवलपुर

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *