Skip to main content

Sky Media Nepal

कुलमानको रिट निवेदन ‘हेर्न नमिल्ने’ निर्णय।

 

काठमाडौं।
नेपाल विद्युत् प्राधिकरणका बर्खास्त कार्यकारी निर्देशक कुलमान घिसिङको रिट निवेदन सर्वोच्च अदालतको इजलासले ‘हेर्न नमिल्ने’ निर्णय गरेको छ। आइतबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासले उक्त रिटलाई पन्छाएको हो।

यस्तै, विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट पनि सोही इजलासमा परेको थियो र त्यसको निर्णय पनि समान रुपमा आएको छ।

अघिल्लो शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि आज अदालत बोलाएको थियो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *