Skip to main content

Sky Media Nepal

रौतहटमा भन्सार छली गरी ल्याइएको सामान अटो रिक्सा सहित नियन्त्रणमा ।

रौतहट।

रौतहटको गौर नगरपालिका वडा नम्बर १ स्थित भन्सार सुरक्षा गार्ड र प्रहरी चेकिङ्ग टोलीले भन्सार छली गरी भारतबाट नेपाल ल्याइएका विभिन्न सामान र सवारी साधनहरू बरामद गरेका छन्।

प्रहरीका अनुसार, चैत ११ गते साँझ ५:१० बजे सवारी साधनहरूको नियमित जाँच गर्ने क्रममा १२ हजार रुपैयाँ बराबरका किराना सामान र ३ लाख रुपैयाँ मूल्य पर्ने BR05PD6503 नम्बरको अटो रिक्सा पक्राउ गरिएको हो।

बरामद गरिएका सामान र सवारी साधनको कुल मूल्य लगभग ३ लाख १२ हजार रुपैयाँ अनुमान गरिएको छ। उक्त सामान र अटो रिक्सा आवश्यक कानुनी प्रक्रिया पूरा गरी गौर भन्सार कार्यालयमा बुझाइएको छ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा भन्सार छली र अवैध चोरी पैठारीको समस्या बढ्दै गएको छ। यस समस्यालाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरूले निगरानी तीव्र पार्दै गएको जानकारी प्रहरीले दिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *