Skip to main content

Sky Media Nepal

झापामा दुई ट्रकमा १ हजार ६ सय ३६ किलो गाँजा सहित दुई जना पक्राउ।

विराटनगर |
झापाको मेची राजमार्गमा सशस्त्र प्रहरीको कारबाहीमा १ हजार ६ सय ३६ किलो गाँजा राखिएको दुईवटा ट्रकसहित दुई जना पक्राउ परेका छन्।

शुक्रबार मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ खण्डमा सशस्त्र प्रहरीले ट्रक चेकजाँच गर्दा दुईवटा ट्रकमा ५७ वटा बोरामा गाँजा फेला परेको थियो। ट्रकको नम्बर को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ रहेको बताइएको छ।

पक्राउ परेका व्यक्तिहरूमा धनकुटाको शहीदभूमि नगरपालिका वडा नम्बर ४ का महेश राई र इलाम जिल्लाको माइजोगाई गाउँपालिका वडा नम्बर २ का ३७ वर्षे गंगाबहादुर बस्नेत रहेका छन्। उनीहरूको साथबाट ८७ हजार ८ सय ८० रुपैयाँ र पाँच थान मोबाइल सेट समेत बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले गाँजासम्बन्धी थप अनुसन्धान र कारबाही अघि बढाएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *