Skip to main content

Sky Media Nepal

अमेरिकी सरकारले एमसीसीका केहि कार्य अघि बढाउन दिइयो अनुमति ।

बाँके।
नेपालमा लागू हुँदै गरेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका केही कार्यक्रमको प्रक्रिया अमेरिकी सरकारले अगाडि बढाउन अनुमति दिएको छ। एमसीए नेपालका अनुसार, यस निर्णयले महत्त्वपूर्ण खरिद कार्य र कार्यालय सञ्चालनसँग सम्बन्धित आवश्यक कार्यहरू अघि बढाउने मार्ग खोल्नेछ।

अमेरिकी सरकारको वैदेशिक सहायता सम्बन्धी समीक्षा अझै जारी रहँदा पनि एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत केहि कार्यहरूको अनुमतिको कुरा गरिएको हो। एमसीए नेपालले भनेका छन्, “हामी कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेका छौं र पारदर्शिताप्रति प्रतिबद्ध रहेको छौं।”

यो निर्णयको आधारमा, एमसीए नेपालले नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेसनसँग मिलेर काम गर्ने सुनिश्चित गरेको छ, र अमेरिकी सरकारको समीक्षाबाट निस्किने नतिजाको बारेमा जानकारीको प्रतीक्षा गर्दै छ। यस अघि, अमेरिकाले फेब्रुअरीमा एमसीसी अन्तर्गतको अनुदान भुक्तानीका लागि ९० दिनको स्थगनको घोषणा गरेको थियो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *