Skip to main content

Sky Media Nepal

तमोर बगर मा दुई महिलाको शव फेला

 

धनकुटा नगरपालिका-९ र साँगुरीगढी गाउँपालिका-७ को सीमा लेउती खोला र तमोर नदीको दोभानमा बालुवाले पुरिएको अवस्थामा दुई जना महिलाको शव भेटिएको छ ।

Advertisement

शवको पहिचान खुलेको छैन । छिमेकी जिल्ला तेह्रथुम र पाँचथरमा सोधपुछ भइरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । केही दिन यताको अविरल वर्षाले तमोर नदीमा बाढी आइरहेको छ । छिमेकी जिल्लाबाट शव बगाएर ल्याएको हुनसक्ने आशङ्का गरिएको छ ।
शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको छ । बिहान करिब ८ः३० बजे शव भेटिएको हो । शव भेटिएको स्थान मूलघाटदेखि करिब १ किलोमिटर पश्चिममा छ ।
त्यस्तै, चौबिसे गाउँपालिका ४ स्थित फलामेटार तमोर नदीमा एक महिलाको शव भेटिएको छ । आजै बिहान करिब ११ बजेट शव भेटिएको जानकारी प्राप्त भएको छ । अहिले घटनास्थलमा तेह्रथुम वसन्तपुरवाट सुरक्षाकर्मी टोली आई अनुसन्धान सुरु गरेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *