Skip to main content

Sky Media Nepal

विद्यालय शिक्षा विधेयक विरुद्ध प्याब्सन बर्दियाको विरोध प्रदर्शन

बर्दिया —

विद्यालय शिक्षा विधेयक विरुद्ध निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) बर्दियाले जिल्लाको सदरमुकाम गुलरियामा विरोध प्रदर्शन गरेको छ ।

प्याब्सनले विद्यालय शिक्षा विधेयक २०८० का केही प्रावधानहरू विभेदकारी भएको भन्दै त्यसमा आवश्यक संशोधनको माग सहित विरोध प्रदर्शन गरेको हो ।

प्याब्सनद्वारा आयोजित विरोध र्‍यालीले जिल्ला प्रशासन कार्यालय हुँदै गुलरिया बजार परिक्रमा गरेको छ । र्‍यालीमा सहभागीहरुले ‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिवद्धता’, ‘शिक्षा ऐन संशोधन गर’, ‘निजी विद्यालय बन्द गर्ने नीति खारेज गर’ जस्ता नारा लगाएका थिए ।

प्याब्सनका पदाधिकारीहरुले सङ्घीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको व्यवस्था विरुद्ध शान्तिपूर्ण रुपमा विरोध गर्न बाध्य भएको बताएका छन् । उनीहरूले सरकारको निर्णयले लाखौं विद्यार्थीको भविष्य असुरक्षित हुने भनाई राख्दै शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाएर गुणस्तरीय बनाउन माग गरे ।

विरोध कार्यक्रममा प्याब्सन बर्दियाले आफ्ना ५ बुँदे प्रमुख माग पनि सार्वजनिक गरेको छ । कार्यक्रम जिल्लाको गुलरियाको राधाकृष्ण चोकमा आएर कोणसभामा परिणत भयो । कोणसभामा बोल्ने वक्ताहरूले सरकारले ल्याउन लागेको नीतिले शिक्षा क्षेत्रमा अस्थिरता निम्त्याउने भन्दै माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *