Skip to main content

Sky Media Nepal

गुलरियामा पूर्व प्रहरी दिवस मनाउँदै मन्दिर सरसफाई र वृक्षारोपण

बर्दिया–

नेपाल पूर्व प्रहरी दिवसको अवसरमा बर्दियाको गुलरियामा मन्दिर सरसफाई र वृक्षारोपण कार्यक्रम गरिएको छ ।

नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति बर्दियाले गुलरिया–५ स्थित सन्तोषी माताको मन्दिरमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको नेतृत्वमा १५ जना प्रहरी कर्मचारी सहभागी भई मन्दिर परिसर सफा गर्नुका साथै विभिन्न जातका फलफुलका विरुवा रोपिएका थिए ।

स्थानीयवासीले प्रहरी तथा पूर्व प्रहरी संगठनले अघि सारेको यस पहलले धार्मिक स्थलको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुगेको बताएका छन् ।

यस किसिमका कार्यक्रमले समुदायमा सरसफाई र हरियाली संरक्षणको महत्वलाई बढावा दिने विश्वास समेत लिईएको छ ।

नेपाल पूर्व प्रहरीको सक्रिय सहभागिता रहेको कार्यक्रममा गुलरिया –५ को वडा अध्यक्ष मुम बहादुर मल्ल लगायत स्थानीयको समेत उपस्थिति रहेको थियो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *