Skip to main content

Sky Media Nepal

नेपाली कांग्रेस मधुवन नगर समिति सचिव पाण्डेका नाममा दुई वर्षअघि नै पक्राउ पुर्जी जारी

राजेश कुर्मि

Advertisement

नेपाली कांग्रेस बर्दियाको मधुवन नगर समिति सचिव लक्ष्मण पाण्डेका नाममा दुई वर्षअघि नै जिल्ला अदालत बर्दियाले पक्राउ पुर्जी जारी गरेको खुलेको छ ।

मधुवन नगरपालिका वडा नं. ३, विपतपुर निवासी ३१ वर्षीय पाण्डेमाथि सालको काठ चोरी गरेको अभियोगमा २०८० सालमा मुद्दा दर्ता भएकाे थियो ।

सिद्धा कुमारी शाहीको जाहेरीले नेपाल सरकारलाई वादी र पाण्डेलाई प्रतिवादी बनाइएको कुरा अदालतद्वारा जारी पक्राउ पुर्जीमा उल्लेख गरिएकाे छ ।

पक्राउ पुर्जीमा मुद्दा नं. ०८०-c२-०००३ का प्रतिवादी पाण्डेलाई अदालतले दिएकाे उपस्थिती म्याद सकिएपछि म्यादवाला व्यक्ति वा निजको एकाघरको उमेर पुगेका परिवारको सदस्य समेत घरमा फेला नपरेकोले दैलाेमा सबैले देखे गरि पक्राउ पुर्जी टाँस गरिएकाे समेत उल्लेख गरिएकाे छ ।

निज पाण्डे हाल घरमा नरहेकाे कुरा स्राेतले बताए । स्राेतका अनुसार निज पाण्डे नेपाली कांग्रेस बर्दियाका सचिव जग्गा प्रसाद पाण्डेका छाेरा हुन् । अदालतद्वारा ४६ हजार धराैटी ताेकिएकाे छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
3
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *