Skip to main content

Sky Media Nepal

बर्दियामा ब्राउन सुगरसहित दुई जना पक्राउ

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ७ स्थित कर्णालीपुरबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको बढैयाताल गाउँपालिका–७, पडरिया बस्ने २२ वर्षीय आकाश बहादुर मगर र २८ वर्षीय देवसिंह ठकुरीलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत रहेको प्रहरी चौकी कालिकाबाट खटि गएको प्रहरी टोलीले असार १९ गते दिउँसो करिब ३ः३० बजे भारतको बलेगाउँबाट नेपालतर्फ आउँदै गरेका दुई जना पैदल यात्रुलाई शंकाको आधारमा चेकजाँच गर्दा लुकाइछिपाई प्लास्टिकको पुरिया बनाएर राखिएको लागुऔषध ब्राउन सुगर फेला पारी पक्राउ गरेको कुरा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले बताउनुभयो ।

उहाँले निजहरुको साथबाट प्लास्टिक सहित १ ग्राम २ सय मिलिग्राम र प्लास्टिक बिना १ ग्राम तौल भएको खैरो रङको धुलो पदार्थ (ब्राउन सुगर) फेला परेको जानकारी गराउनुभयो ।

प्रहरी नायब उपरीक्षक डमरपालका अनुसार उनीहरूलाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखेर थप अनुसन्धान भईरहेको छ । जिल्ला प्रहरी कायालय बर्दियाले लागुऔषध नियन्त्रणका लागि सिमामा निगरानी कडा पारेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *