Skip to main content

Sky Media Nepal

चेल्सीमाथि न्यूक्यासलको महत्वपूर्ण जित

काठमाडौँ । न्यूक्यासल युनाइटेडले चेल्सीविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा न्यूक्यासलले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

Advertisement

न्युक्यासलको जितमा सान्ड्रो टोनाली र ब्रुनो गुइमाराएसले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ३५औ मिनेटमा निकोलस ज्याक्सनले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समिति भएको हो ।

न्यूक्यासल यो जितपछि प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । न्यूक्यासलको ३६ खेलमा ६६ अंकसहित तेस्रो स्थानमा रहेको छ र आफुलाई अर्को सिजनमा च्याम्पियन्स लिगमा छनौट गराउने दौडमा कायम रहेको छ ।

त्यस्तै चेल्सीलाई भने यो हारले ठुलो धक्का लागेको छ ।  चेल्सी हाल ३६ खेलमा ६३ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *