Skip to main content

Sky Media Nepal

भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको ज्यान गयो

भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको ज्यान गएको छ । मध्य प्रदेशको रतलाम जिल्लामा भएको दुर्घटनामा १२ जनाले ज्यान गुमाएका त्यहाँको प्रहरीले पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इनारमा खस्नुअघि गाडी मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि चालकले नियन्त्रण गुमाएका र नजिकैको इनारमा खसेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मोटरसाइकल चालक, गाडीमा सवार र उनीहरूलाई जोगाउन इनारमा हाम फालेका एक व्यक्तिको ज्यान गएको हो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *