Skip to main content

Sky Media Nepal

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा पति–पत्नीको मृत्यु।

विराटनगर।
मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ स्थित त्रिभुवन चोकमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा पति–पत्नीको मृत्यु भएको छ।

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार, राति १०:१० बजे आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको को ९ प ७२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक सोम टुडू (४२ वर्ष) र उनका पत्नी वामनी हेमराम (३५ वर्ष) काे मृत्यु भएको पुष्टि गरिएको छ। स्थानीयले दुवै जनालाई उद्धार गरी रंगेली अस्पताल पठाएका थिए, जहाँ उपचारका क्रममा दुवैको मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको खुल्न आएको छ। इलाका प्रहरी कार्यालय सिजुवाले घटनाको अनुसन्धान सुरु गरेको छ र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *