Skip to main content

Sky Media Nepal

मन्दिरमा पिसाब छर्केको आरोपमा महिला पक्राउ।

काठमाडौँ ।
काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर ५ स्थित आदेश्‍वर मन्दिरमा पिसाब छर्केको आरोपमा ६१ वर्षीया महिला पक्राउ परेकी छन्। प्रहरीले काठमाडौँ महानगरपालिका वडा नम्बर १७ धोवीचौरकी मिठु तिवारी गर्तौलालाई मन्दिरको मूर्तिमा पिसाब छर्केको आरोपमा पक्राउ गरेको हो।

प्रहरी वृत्त स्वयम्भूका अनुसार, गत पुस २६ गते एक महिला मन्दिरमा कोही नभएको मौका पारी बोतलमा पिसाब भरेर मन्दिरका मूर्तिमा छर्केर फरार भएको सूचना प्राप्त भएको थियो। अनुसन्धानपछि, फागुन २१ गते पनि गर्तौलाले सोही मन्दिरमा पिसाब छर्केको खुलासा भएको थियो।

अधिकारीका अनुसार, गर्तौलाले चुण्डेश्‍वर मन्दिर, गणेश मन्दिर र हरिसिद्धी मन्दिरमा पनि यस्ता आपत्ति जनक कार्य गरेका थिए।

सिसिटिभी फुटेजको आधारमा गरिएका खोजी र अनुसन्धानका क्रममा २१ चैतमा उनलाई प्लास्टिकको बोतलमा पिसाब जस्तो तरल पदार्थ राखी मन्दिरमा आउँदा पक्राउ गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा उनी २०७६ सालमा हिन्दू धर्म छोडी क्रिश्चियन धर्म अपनाएको पाइएको छ।

प्रहरीले उनलाई ‘धर्म सम्बन्धी कसुर’मा मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको थप अनुसन्धान अनुमति प्राप्त गरेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *