Skip to main content

Sky Media Nepal

बेलबारी नगरपालिकाले खरिद गर्यो १ करोड ३३ लाखको बिद्युतिय नगरबस

बेलबारी।
बेलबारी नगरपालिकाले १ करोड ३३ लाखको बिद्युतिय नगरबस खरिद गरेको छ। यस बसको सञ्चालन बेलबारी नगरपालिकामा सुरु गर्नका लागि तयारी भइरहेको छ।

नगरपालिकाका प्रमुख दिलप्रसाद राईले चुनावी समयमा बेलबारीमा नगरबस सञ्चालन गर्ने आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए। लगभग तीन वर्षको अवधिमा त्यो निर्णयलाई साकार गर्दै पहिलो नगरबस ल्याइएका छन्।

यस बसको रुट बेलबारी ११ लक्ष्मीमार्ग हुँदै रंगेलीसम्म र बेलबारी बजारदेखि भाउन्ने हुँदै बाहुनीसम्म संचालन हुनेछ। प्रमुख राईले भनेका छन् कि केही दिनमै नगरबसको रुट तयार गरी यसको सञ्चालन प्रारम्भ गरिने छ।

यस नगरबसको सञ्चालनले बेलबारीका नागरिकहरूको यातायात समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *