Skip to main content

Sky Media Nepal

दुर्गा प्रसाईंको खोजी विशेष ब्यूरोको जिम्मामा, नेपालबाहिर रहेको अनुमान।

 

बाँके।
राजावादी जनप्रदर्शनका प्रमुख अगुवा दुर्गा प्रसाईंको खोजी अब नेपाल प्रहरीको विशेष ब्यूरोले लिएको छ। यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) र उपत्यका अपराध अनुसन्धान कार्यालयले गरिरहेको अनुसन्धानलाई विशेष ब्यूरोमा सुम्पिएको हो। प्रसाईं हाल नेपालबाहिर रहेको अनुमान गरिएको छ, जसका कारण सुराकी संकलन र उनलाई फिर्ता ल्याउने प्रक्रियामा थप चुनौती उत्पन्न भएको छ।

सुरक्षा निकायका अनुसार, उनलाई कहाँ रहेको भन्ने यकिन जानकारी नभए तापनि विभिन्न कूटनीतिक र प्रविधिगत माध्यमबाट उनको अवस्थिति पत्ता लगाउने प्रयास भइरहेको छ। यसअघि, चैत्र १५ गतेको घटनापछि उनलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन भए पनि सफलतासाथ पक्राउ गर्न सकिएको थिएन। सरकार अब उनलाई कानुनी दायरामा ल्याउन विशेष रणनीति अपनाउने तयारी गरिरहेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *