Skip to main content

Sky Media Nepal

पाँच वर्ष बितिसक्दा पनि काम सुरु हुन सकेन।

म्याग्दी।
मालिका गाउँपालिका वडा नम्बर ५ र धवलागिरि गाउँपालिका वडा ७ वडाको सिमाना भएर बग्ने दाङखोला नदीमा १८ मिटर लामो पुल निर्माण गर्न २०७५ सालमा सम्झौता गरिएको थियो। तर, पाँच वर्ष बितिसक्दा पनि उक्त पुलको निर्माण काम सुरु हुन सकेको छैन।

धवलागिरि गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार, २०७८ साल जेठ महिनामा सम्पन्न हुने भनिएको पुल निर्माण आजसम्म पनि निर्माण कार्य आरम्भ भएको छैन । विसं २०७५ मा निर्माण भएको अस्थायी पुल जीर्ण अवस्थामा पुगेको र त्यसको स्थानमा नयाँ पुल निर्माण नगर्दा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवागमनमा गम्भीर समस्या भइरहेको छ।

पुलको निर्माणस्थल म्याग्दीखोला जलविद्युत् आयोजना अन्तर्गतको प्रस्तावित बाँध निर्माणस्थलमा पर्दा यस क्षेत्रमा कार्यरत निर्माण व्यवसायीले काम गर्न नपाएका हुन् । त्यस्तै, २०७७ सालको बाढीले निर्माणस्थलमा क्षति पुर्याएपछि पुलको दूरी बढाउनुपर्ने अवस्था उत्पन्न भएको छ। परिणामस्वरूप, परिवर्तित परिस्थितिमा बढेको लागतको विषयमा सम्बन्धित निकायसँग सहमति नहुँदा निर्माण व्यवसायी न्यायिक निरुपणका लागि अदालत पुगेका छन्।

पुल निर्माणको प्रक्रिया प्रभावित भएसँगै पूर्वाधार विकास कार्यालयले ठेकेदारलाई पेश्कीस्वरुप दिएको रु ३३ लाख धरौटी फिर्ता लिएको जनाएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *