Skip to main content

Sky Media Nepal

पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्स बीच आजको रोमाञ्चक प्रतिस्पर्धा ।

बाँके।
इण्डियन प्रिमियर लिग (आईपीएल) आज पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्स बीचको खेल हुदैछ। एकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आयोजना हुने यो खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ। घरेलु टोली लखनउलाई जितको लागि आवश्यक मनोबलको खाँचो छ, भने पञ्जाब किंग्स लगातार दोस्रो जितको खोजीमा छ।

पञ्जाब किंग्सको बलियो सुरुवात
पञ्जाब किंग्सले आईपीएलको पहिलो खेलमा गुजरात टाइटन्सलाई पराजित गर्दै २ अंक प्राप्त गरेको छ। यस जितसँगै पञ्जाब तालिकाको पाँचौं स्थानमा रहेको छ र आजको खेलमा पनि यसै जोश र उत्साहसँग जित निकाल्ने प्रयास गर्नेछ।

लखनउ सुपर जायन्ट्सको सन्तुलन खोजी
लखनउ सुपर जायन्ट्सको यो सीजनको तेस्रो खेल हुनेछ। दिल्ली क्यापिटल्ससँगको पहिलो खेल हारपछि, यसले दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै शानदार पुनरागमन गरेको थियो। अब लखनउले आजको खेलमा जित निकाल्दै तालिकामा राम्रो स्थान बनाउन चाहन्छ।

हेड-टु-हेड
लखनउ र पञ्जाब किंग्स बीच हालसम्म ४ खेल खेलिएका छन्। जसमा ३ पटक लखनउले विजय प्राप्त गरेको छ भने १ पटक पञ्जाब किंग्सले जितेको छ। यस हिसाबले, लखनउ ले पञ्जाब माथि दबदबा राखेको देखिन्छ, तर पञ्जाबको ताजाताजा जितले आजको खेललाई अझै रोमाञ्चक बनाउँछ।

आजको खेलमा किसको विजय हुनेछ? लखनउको घरेलु मैदानको फाइदा, या पञ्जाब किंग्सको नयाँ उत्साह? समयले नै यसको उत्तर दिनेछ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *