Skip to main content

Sky Media Nepal

नेप्से परिसूचकमा गिरावट, कारोबारमा मन्दी।

बाँके।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ दशमलव ९५ अंकले घटेर दुई हजार ६७६ दशमलव १७ विन्दुमा पुग्दा बजारमा समग्र गिरावट देखिएको छ।

३२० कम्पनीका एक करोड छ लाख ७० हजार ६४९ कित्ता शेयर ५६ हजार ५४८ पटक खरिदबिक्री भएको आजको कारोबारमा रु पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७०० बराबरको लेनदेन भएको छ।

व्यापार समूह ३.८० प्रतिशतले वृद्धि गर्दा अन्य सबै समूहको उपसूचक घटेको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बिमा र अन्य समूह सबैमा गिरावट देखिएको छ।

गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ५६ प्रतिशतले घटेको छ।

हिमालयन रिइन्सुरेन्स लिमिटेड आजको कारोबारमा सबैभन्दा धेरै, रु ६४ करोड २५ लाख ६६ हजार ६२२ बराबरको शेयर कारोबार भएको कम्पनी बनेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *