Skip to main content

Sky Media Nepal

नर्मल डेलिभरीबाट जन्मियो जुम्ल्याहा सन्तानको।

झापा।
झापाको गौरिगन्ज आधारभूत अस्पतालले नर्मल डेलिभरी मार्फत जुम्ल्याहा बच्चाको सफल जन्म गराएको छ। अस्पतालका प्रसुती वार्डमा कार्यरत रिता कार्की र एलिजा भुजेलको कड़ी मेहनतमा शुक्रबार गौरिगन्ज वडा नम्बर २ निवासी हेमरम थरकी महिलाले पहिलो पटक नर्मल डेलिभरी मार्फत एक छोरा र एक छोरीको जन्म दिइन्।

छोरा १ किलो ५ सय ग्राम र छोरी १ किलो ग्रामको स्वस्थ वजनमा जन्मेका छन्। चिकित्सक र नर्सिङ कर्मचारीले दुवै बच्चा र आमा स्वस्थ रहेको जानकारी दिएका छन्। अस्पतालका कर्मचारी अनुप शर्माले सफल डेलिभरीका लागि प्रसुती वार्डका समर्पित कर्मचारीको प्रयासलाई सराहना गरेका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *