Skip to main content

Sky Media Nepal

कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आयो।

काठमाडौं।
कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट शुक्रबार राजवादीद्वारा लुटपाट भएपछि शनिबारदेखि नियमित सञ्चालनमा आएको छ। भाटभटेनीको सीओओ पानु पौडेलले भने कि, रातभरको सरसफाइ कार्यपछि सुपरमार्केट बिहानदेखि पुनः खुला भएको छ। उनले थपे, “क्षतिको मूल्यांकन गरिएको छ र फुटेका सिसा केही दिनमा पुनःनिर्माण गरिनेछ।”

शुक्रवार तीनकुनेमा भएको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूहले कोटेश्वर स्थित भाटभटेनीमा प्रवेश गरेर मोबाइल, घडी, बियर, महंगा ब्रान्डका रक्सी, कपडा, फलफुल र जुसजस्ता सयौँ वस्तु लुटपाट गरेका थिए। उक्त घटना पश्चात भाटभटेनीले विश्वास व्यक्त गरेको छ कि लुटपाट र क्षति पुर्याउने व्यक्तिहरूलाई सरकार छिट्टै कानुनी दायरामा ल्याउनेछ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *