Skip to main content

Sky Media Nepal

आजको खण्डग्रास सूर्यग्रहण नेपालमा नलाग्ने।

बाँके।
शनिबार दिउँसो २:३५ बजेदेखि खण्डग्रास सूर्यग्रहण सुरु हुँदैछ र साँझ ६:२८ बजेतिर सकिने छ। यो सूर्यग्रहण सन् २०२५ को पहिलो खण्डग्रास सूर्यग्रहण हो। यद्यपि, नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार यो सूर्यग्रहण नेपालमा नलाग्ने र नेपालबाट नदेखिनेछ।

भट्टराईका अनुसार, सूर्यग्रहण नेपालमा नलाग्ने भएकाले यसको कुनै सांस्कृतिक वा धार्मिक प्रभाव पर्ने छैन। क्यामेराबाट भने यसलाई लाइभ हेर्न सकिने छ, तर नेपाली भूभागबाट यो देख्न सकिँदैन।

यो ग्रहण भारतमा पनि देखिने छैन। तर युरोप, नर्थ एसियामा, रसियाका केही स्थान, नर्थ अफ्रिका, वेष्ट अफ्रिका, उत्तरी अमेरिका, क्यानडा र ग्रिनल्यान्डका केही स्थानबाट भने यो सूर्यग्रहण देख्न सकिन्छ।

नेपालमा यसको कुनै असर नपर्ने भन्दै सुरेश भट्टराईले यसको सांस्कृतिक महत्त्व पनि नहुने बताएका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *