Skip to main content

Sky Media Nepal

राजावादी प्रदर्शनको उग्रतालाई नियन्त्रण गर्न गृह मन्त्रालयले बोलायो आकस्मिक बैठक।

काठमाडौं।
देशभरका विभिन्न स्थानमा राजावादी प्रदर्शनकारीहरुले तीव्र रूपमा गरेको आगजनी तथा ढुंगामुढा मुढाले अवस्था तनावग्रस्त भएपछि गृह मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा भएको बैठकमा गृह सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूले सहभागिता जनाएका छन् ।

स्रोतका अनुसार, बैठकमा प्रदर्शनको प्रकृति, सम्भावित जोखिम र शान्ति-सुरक्षा कायम राख्नका लागि आवश्यक रणनीतिबारे गहन छलफल भइरहेको छ। प्रदर्शनकारीहरूको गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायको परिचालन, भीड व्यवस्थापन र संवेदनशील क्षेत्रहरूमा थप सुरक्षा सतर्कता कायम गर्ने विषयमा छलफल भएको बताइएको छ।

राजधानी काठमाडौँका केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनावको अवस्था पनि उत्पन्न भएको खबर प्राप्त भएको छ। यसै क्रममा सरकारले स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्न सक्ने संकेत गरिएको छ। बैठकको निष्कर्षले आगामी दिनमा सुरक्षा रणनीतिको दिशा निर्धारण गर्नेछ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *