Skip to main content

Sky Media Nepal

मुख्यमन्त्रीको निर्देशनमा अवैध सेतो अण्डा नष्ट ।

बाँके।

मधेश प्रदेशसँग जोडिएको नेपाल र भारत अव्यवस्थित सीमानाबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरी बलले बरामद गरी नष्ट गर्ने कार्य तीव्र बनाएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध ढङ्गले भित्रिने पोल्ट्रीजन्य पदार्थहरू जस्तै अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशका उच्चपदस्थ सुरक्षा अधिकारीलाई निर्देशन दिएपछि, सशस्त्र प्रहरी बलले सेतो अण्डाको ओसारपसार र बिक्रीवितरणलाई रोक्न सक्रिय अभियान चलाउँदै आएको छ।

त्यसै क्रममा आइतबार सशस्त्र प्रहरी बलले विभिन्न बिक्रेताहरुले अवैध रुपमा बेचविखन गरिरहेको सेतो अण्डा बरामद गरि नष्ट गरेको छ । मुख्यमन्त्री सिंहले गत फागुन २१ गते सुरक्षा अधिकारीलाई दिइएको निर्देशनपछि, सशस्त्र प्रहरी बलले दिनहुँ सेतो अण्डा बरामद र नष्ट गर्ने काम जारी राखेको छ। यस अभियानले अवैध अण्डाको कारोबारलाई निरुत्साहित गर्ने र स्थानीय बजारमा त्यसको प्रभावलाई घटाउने उद्देश्य राखेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *