Skip to main content

Sky Media Nepal

जनताबाट प्राप्त विश्वास र माओवादी एकतामा प्रचण्डले दिए जोड।

बाँके।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले आफूमाथि गहिरो भरोसा गरेको बताएका छन्। शनिबार चितवनको भरतपुरमा आयोजित तराई–मधेश जागरण अभियानको कार्यक्रममा सम्बोधन गर्दै उनले जनताबाट प्राप्त विश्वास र समर्थनको महत्त्व उल्लेख गरेका छन् ।

उनले भने, “जनताको घर–घरमा गएर फूल लिएको छु, मानिसहरू अब म माथि भरोसा राख्छन्, यो ऊर्जा नेताका लागि ठूलो हो।” प्रचण्डले माओवादी दलका सबै समूहलाई एकताबद्ध हुने आवश्यकता उल्लेख गर्दै त्यसका लागि आफूले जुनसुकै कदम चाल्न पनि तयार रहेको बताए।

२०८४ को निर्वाचनमा भ्रष्टाचारी र भूमाफियाहरूको दिन सकिने विश्वास व्यक्त गर्दै उनले माओवादीको एकतासँगै देशमा परिवर्तन ल्याउने उद्देश्य राखेका छन्। “हामी सबै एक भएर मेहनत गर्यो भने जनताको असली राज आउँछ,” उनले जोड दिए।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *