Skip to main content

Sky Media Nepal

एपिएफले रुपन्देही ११ लाई १-० ले हराउँदै अन्तिम चारमा स्थान बनायो।

बुटवल ।

Advertisement

२३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा एपिएफ फुटबल क्लबले स्थान बनाएको छ। आइतवार आयोजित खेलमा एपिएफले आयोजक रुपन्देही ११ लाई १-० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। खेलको सुरुआतमा स्थगन गरिएको खेललाई आज पुनः जारी गर्दा एपिएफले आफ्नो १-० को अग्रतालाई जोगाउन सफल भएको हो। कप्तान हरि कार्कीले १७ औं मिनेटमा गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए। खेलमा रुपन्देही ११ का केही राम्रा अवसरहरू असफल हुँदा उनीहरू प्रतियोगिताबाट बाहिरिएका छन्। विशाल गुरुङलाई ‘प्लेयर अफ दी म्याच’ पुरस्कार एपिएफका विशाल गुरुङलाई ‘प्लेयर अफ दी म्याच’ पुरस्कार दिइएको छ। उनले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गरे।

प्रतियोगिता पुरस्कार
प्रतियोगिताको विजेता टोलीलाई १२ लाख १२ हजार २ सय २२ रुपैयाँ पुरस्कार राशी दिइनेछ भने दोस्रो स्थान प्राप्त टोलीलाई ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार दिइनेछ।

प्रतियोगिता संरक्षक र सहयोगी
रुपन्देही एन्फाले आयोजना गरेको यस प्रतियोगिता बुटवल उपमहानगरपालिकाको संरक्षक, यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजन रहेको छ। साथै, प्रदेश खेलकुद परिषद लुम्बिनीले मुख्य सहयोगीको भूमिका निभाइरहेको छ।

प्रतियोगितामा अन्य सहभागी टिमहरू
प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, एडोर्न गडवाल स्पोर्टिङ क्लब र जर्जियन एफसीको पनि सहभागिता रहेको छ।

आज दिउँसो दोस्रो खेल चर्च ब्याइज युनाइटेड र नेपाल पुलिस क्लबबीच हुनेछ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...