Skip to main content

Sky Media Nepal

पाकिस्तानले न्युजिल्याण्डलाई हराउँदै तेस्रो टि ट्वान्टी आईमा ९ विकेटको जित हात पार्यो।

अकल्याण्ड।
पाकिस्तानले न्युजिल्याण्डलाई ९ विकेटले हराउँदै ५ खेलको टि ट्वान्टी आई सिरिजमा २-१ को अग्रता बनायो। पाकिस्तानले २ सय ५ रनको लक्ष्य १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो।

पाकिस्तानको जितमा हसन नवाजको शतक प्रमुख बन्यो। नवाजले नट आउट रहँदै १ सय ५ रन बनाएका थिए। ४४ बलमा पहिलो शतक पूरा गरेका नवाजले ४५ बलको सामना गर्दै १० चौका र ७ छक्का प्रहार गरे।

पाकिस्तानको कप्तान सलमान आगाले ३१ बलमा ६ चौका र २ छक्काको सहयोगमा नट आउट ५१ रन जोडे। मोहम्मद हरिसले २० बलमा ४ चौका र ३ छक्काको मद्दतले ४१ रन बनाए।

न्युजिल्याण्डको पारीमा मार्क च्याम्पम्यानले ९४ रन बनाए, भने कप्तान माईकल ब्रेसवेलले ३१ रन जोडे। न्युजिल्याण्डले १९.४ ओभरमा २ सय ४ रनमा पारी समाप्त गर्‍यो।

पाकिस्तानका बलरहरूमध्ये हरिस रउफले ३ विकेट लिए, अबरार अफ्रिदी, शाहीन शाह अफ्रिदी र अब्बास अफ्रिदीले समान २ विकेट लिएका थिए भने सादाब खानले १ विकेट हात पार्‍यो।

पाकिस्तानको जितसँगै सिरिजमा २-१ को अग्रता बनाएको छ। चौथो टि ट्वान्टी आई खेल आइतवार हुनेछ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *