Skip to main content

Sky Media Nepal

इजरायलका सुरक्षा प्रमुख बर्खास्त

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणको भविष्यवाणी गर्न असफल भएको भन्दै देशको सुरक्षा सेवा प्रमुखलाई बर्खास्त गरेका छन् ।

इजरायली मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले रोनेन बारलाई अवकाश लिनुअघि बर्खास्त गर्ने निर्णयलाई अनुमोदन गरेको हो ।

बारलाई अक्टोबर २०२१ मा पाँच वर्षको कार्यकालका लागि सुरक्षा प्रमुखको रुपमा नियुक्त गरिएको थियो ।

गत आइतबार प्रधानमन्त्री नेतन्याहुले एक भिडियो वक्तव्यमार्फत बारलाई बर्खास्त गर्ने आफ्नो मनसाय रहेको बताएका थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *