Skip to main content

Sky Media Nepal

दलित परिवारको उठिबासको कडा विरोध , सांसदहरुले गरे कार्वाहीको माग ।

जनकपुर ।
सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा महायज्ञको नाममा दलित परिवारलाई उठीबास लगाउने घटना प्रति मधेश प्रदेशसभाका सांसदहरुले कडा आपत्ति जनाएका छन्। उनीहरुले यस्ता अमानवीय कृत्यमा संलग्न जनप्रतिनिधिलाई कारबाहीको माग समेत गरेका छन्।
प्रदेशसभा बैठकमा सांसदहरुले विष्णु महायज्ञका नाममा दीपक मलिकको घर भत्काएर त्यो परिवारलाई स्थानान्तरण गरिएको घटनालाई निन्दनीय भन्दै कडा शब्दमा भर्त्सना गरेका छन्। सांसद निलमकुमारी रजकले दलितको घर भत्काउने र अन्याय गर्ने व्यक्तिलाई कानुनी कारबाहीको दवाब दिँदै यसलाई मानवता विरुद्धको कृत्य मानिन्। उनले भनेकी छन् , “यज्ञका नाममा दलित परिवारमाथि अन्याय गरिएको छ।”

एमाले सांसद लखन दास तत्माले पनि मधेश प्रदेशमा दलितमाथि भएका बारम्बारका ज्यादतीमाथि सरकारले चुप्पी साध्न नहुने बताए। उनले भने दलित माथिको अन्याय माथी सरकार मौन बस्दै आएको आरोप लगाएका छन् । उनले भने, “३० वर्षदेखि बसोबास गर्दै आएका मलिक परिवारलाई उठीबास गराउनु अमानवीय काम हो।”

माओवादी सांसद मालाकुमारी कर्णले महायज्ञका नाममा मलिक परिवारको उठीबास गराउनका लागि जिम्मेवार व्यक्ति र सरोकारवालाहरुलाई कडा कारबाही गर्नुपर्ने बताए। सांसद ललिता दासले सिरहामा दलितको घर उजाड पार्ने घटना र रिंकु सदाको घटना पुनः घटेकोमा आपत्ति जनाइन्। उनले सरकारलाई कडा कदम चाल्नको लागि आग्रह गर्दै भने, “यस प्रकारका घटनाहरु रोक्न प्रदेश सरकारले तुरुन्त कदम चाल्नुपर्छ।” सांसदहरुले यस्ता घटनाहरुलाई तत्काल रोक्न र दोषीलाई कडा कानुनी उपचार गर्ने कुरा जोड दिएका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *