Skip to main content

Sky Media Nepal

आगलागीमा एक जनाको मृत्यु, ९ घर जलेर नष्ट ।

विराटनगर ।
मोरङको धनपालथान गाउँपालिकामा मंगलबार दिउँसो लागेको आगो लगभग नियन्त्रणमा आएको छ। स्थानीय प्रहरीका अनुसार, आगलागी करिब १२ बजे सुरु भएको थियो र दिउँसो साढे २ बजेमा नियन्त्रणमा आएको बताइएको हो।

आगलागीमा एक जना बालिकाको शव जलेको अवस्थामा फेला परेको छ। त्यस्तै मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीका अनुसार, एक जना आगलागीमा बेपत्ता भएको बालक अर्शद अली सकुशल फेला परेका छन्।

आगलागीमा ४ वर्षीय रेश्मा खातुनको शव फेला परेको र ६ वर्षीय अर्शद अलीलाई जीवित अवस्थामा भेटिएको जानकारी प्राप्त भएको छ। यस घटनामा ९ वटा घर जलेको र ठूलो धनजनको क्षति भएको प्रहरीले जनाएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *