Skip to main content

Sky Media Nepal

दुवै मृगौला फेल भएर मृत्युसँग लडिरहेकी सलिनाको जीवन बचाइदिन सहयोगको अपिल

 

बिर्तामोड माघ १२ ।। मोरङको पथरीशनिश्चरे नगरपालिका– ९ खरेल डाँडा निवासी शान्ति राईकी  १७ वर्षीया छोरी सलिना राई दुबै मृगौला फेल भएर अहिले मृत्युसँग संघर्ष गरिरहेकी छन् ।

आर्थिक अवस्था निकै नाजुक रहेको राई परिवार अहिले उपचार गराउँदा भएभरको जेथो सकिएपछि छोरीको जीवन बचाइदिन सलिनाको दुबै मृगौला फेल भएपछि उपचारका लागि उनकी आमाले सबैसंग सहयोगको याचना गरेकी हुन् ।

२०८१ जेठदेखि बिरामी परेकी छोरी सलिना स्थानीय भागिरथ मावि कक्षा–१२ मा पढ्दैछिन् । पाँच जनाको परिवारको गुजारा र छोरीको डाइलासिस गर्दा लाग्ने खर्च जुटाउन नसकेर राई परिवारलाई निकै समस्या परेको छ । हाल सलिनाको बुढीगंगास्थित विराट टिचिङ हस्पिटलमा नियमित डाइलासिस भइरहेको बुबा विपीनले बताए ।

‘डाइलासिस निःशुल्क भए पनि रगत दिँदा, केही औषधी र सुई लगाउनुपर्दा पैसा आफैंले तिर्नुपर्छ । हप्ताको दुई पटक डाइलासिस गर्नुपर्छ । त्यतिबेला कम्तिमा तीन हजार रुपैयाँ खर्च लाग्छ ।’ –शान्तिका श्रीमान् विपीनले भने– ‘छोरीलाई बचाउन डाइलासिसले मात्र हुँदैन । मृगौला नै प्रत्यारोपण गर्नुपर्छ । छोरीको ब्लड ग्रुपसँग मेरो मिल्छ, तर प्रत्यारोपण गर्ने खर्च हामीसँग छैन । कसरी छोरी बचाउँ, उनले भने

छोरीको दुबै मृगौला फेल भएपछि उनी अहिले उपचारका लागि सबैसँग सहयोगको अपिल गरिहेका छन् । ‘आफ्नो एउटा मृगौला छोरीकोमा प्रत्यारोपण गर्न चिकित्सकले १० लाख रुपैयाँ खर्च लाग्ने सल्लाह दिएका छन् ।’ –उनले जनाए ।

आफूसँग भएको सबै रकम सकिएर साथीभाइसँग सरसापटी गरी उपचार गर्दा अहिलेसम्म छ लाख रुपैयाँ खर्च भइसकेको विपीनले बताए । छोरीको उपचार खर्च जुुटाउन विपीन वैदेशिक रोजगारीका लागि गत साउनमा दुबई पुगेका थिए । तर, छोरीको अवस्था नाजुक बन्दै गएपछि परिवारको आग्रहमा उनी तीन महिनामै असोजमा नेपाल फर्किए । उनको रोजगारी गुमेको छ । आफ्नो रोजगारी गुमेपछि छोरीको उपचार गराउन ज्यादै सकस परेको विपीनले बताए ।

‘डाक्टरले जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएका छन्’ –विपीनले भने– ‘तर, म आफू एक्लैले छोरीको जीवन बचाउन सक्ने अवस्था छैन, कोही इष्टमित्र, साथीभाइ र मनकारी सहयोगीको सहयोग भएमा मात्र मेरो छोरीले जीवन पाउँछिन् ।’

सहयोग गर्न चाहने महानुभावले सलिनाकी आमा शान्ति राईको नाममा रहेको सप्तकोसी डेभलपमेन्ट बैक लिमिटेडको खाता नम्बर ०१३००००६२७०१५ मा रकम जम्मा गर्न सकिने छ भने विपीनको सम्पर्क नम्बर ९७०६६७१५८६ र ९८०७०८९४४८ रहेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *