Skip to main content

Sky Media Nepal

बिर्तामोड वडा नम्बर ३ मा सडक निर्माण तथा स्तरोन्नतिका काम धमाधम

 

बिर्तामोड, २६ मंसिर : बिर्तामोड नगरपालिका वडा नम्बर ३ का विभिन्न टोलमा सडक निर्माण तथा स्तरोन्नतिका काम धमाधम भईरहेका छन् ।

संघ, प्रदेश, नगरपालिका र वडाको आफ्नै बजेटमा प्लम निर्माण, कालोपत्रे, पेवर्स लगाउने, कल्भर्ट निर्माण लगायतका कामहरु धमाधम भईरहेका हुन् ।

अहिले शुभलक्ष्मी टोल नम्बर ४ को २४६ मिटर सडकमा प्लम निर्माण कार्य भईरहेको वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटाले जानकारी दिनु भयो । उहाँले प्लम निर्माणको काम उपभोक्ता समिति मार्फत भईरहेको बताउनु भयो ।

निर्मल उप्रेतीको अध्यक्षतामा उपभोक्ता समिति निर्माण भएको छ । उपभोक्ता समितिको ९७ हजार र वडाको ४ लाख रुपैयाँ गरी कुल ४ लाख ९७ हजार रुपैयाँ बजेटमा काम भईरहेको वडासदस्य बाँस्कोटाले जानकारी दिनुभयो ।

आगामी बैशाख सम्ममा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनी
झापाली विल्डर्ससंग सम्झौता भएको छ । सम्झौता अनुसार धमाधम काम अघि बढेको निर्माण कम्पनीका डिकबहादुर कुँवरले जानकारी दिनुभयो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *