Skip to main content

Sky Media Nepal

न्युट्न्स एजुकेशन एकेडेमीले विविध कार्यक्रम गरी मनायो  ६०औँ राष्ट्रिय बाल दिवस

 

बिर्तामोड भाद्र २९ ।। 

Advertisement
झापाको बिर्तामोड मा रहेको  न्युट्न्स एजुकेशन एकेडेमीले विविध कार्यक्रम गरी  ६०औँ राष्ट्रिय बाल दिवस भब्य रुपमा मनाएको छ ।

‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ विद्यालयले आयोजना गरेको कार्यक्रममा प्रि-प्राइमरीका विद्यार्थीहरुले विविध प्रस्तुती राखेका थिए ।

बालबालिकाको क्षमता प्रस्फुटन गर्न तथा उनीहरुलाई चेतना अभिबृद्धि गर्दै हौसला प्रदान गर्न प्रत्येक बर्ष विद्यालयले बाल दिवस मनाउदै आएको प्रिन्सिपल देबेन्द्र हुमागाईंले जानकारी दिए

सामाजिक अभियान्ता देवीका बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको स्वागत विद्यालयको प्रि-प्राइमरी इन्चार्ज सावित्रा चापागाईंले गरेकी थिइन ।

उक्त अवसरमा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरुले गायन, नृत्य सहितका बिभिन्न संस्कृति झल्कने प्रस्तुती राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बस्नेत, बिर्तामोड नगर शिक्षा अधिकृत जानुका रेग्मी र नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता खरेल बिमलीले शुभकामना मन्तव्य राखेका थिए ।

प्रिन्सिपल देबेन्द्र हुमागाईंले औचित्माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा पौडेलले गरेकी थिइन ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *