Skip to main content

Sky Media Nepal

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीद्वारा अनसन सुरु

 

विराटनगर। । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं कांग्रेस प्रदेश सभा सदस्य केदार कार्कीले अनसन सुरु गरेका छन् ।

आफूले सरकारको नेतृत्व गर्दा सुरु गरेका योजनाहरु काटिएको भन्दै प्रदेश सभा अघि बनस्खण्डीमा अनसन बनेका हुन् ।

उनले यसअघि नै वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विभिन्न माग राखेर अनसन बस्ने चेतावनी दिएका थिए ।

मुख्यमन्त्री समक्ष विभिन्न ९ माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिएका थिए । तर मुख्यमन्त्रीले त्यसबारे कुनै चासो नदेखाइएको भन्दै मंगलबार दिउँसोबाट अनसन सुरु गरेका हुन् ।

उनले १० वर्ष मुनिका प्रदेशको बलबालिकाको प्रदेशमा निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयंशेवीहरूलाई प्रोत्साहन भत्ता, प्रदेशमा संचालन भएको शैलजा आचार्य मुटु रोग उपचार केन्द्र संचालन, सुनसरी र मोरङको ४ वटा पालिकालाई बाढी र डुबानबाट बचाउन केसलिया करिडोर निर्माण लगायतका मागहरु राखेका छन् । यी मागहरुबारे ध्यानाकर्षण मुख्यमन्त्रीलाई गराएका थिए ।

तर मुख्यमन्त्रीले उनका मागबारे चासो नदेखाएको भन्दै आजबाट अनसन सुरु गरेका हुन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...