Skip to main content

Sky Media Nepal

विदेशमा अध्यनकालागि जाने विद्यार्थीहरुलाई स्टडी पार्कको निःशुल्क परामर्श

 

इलाम ।। बिर्तामोड स्टडी पार्क इलाम शाखाले वैदेशिक अध्ययनमा विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर एकदिने नि:शुल्क सेमिनार सञ्चालन गरेको छ । उक्त सेमिनारको सहजीकरण श्रुति पराजुलीले गरेकी थिइन् ।

सेमिनारमा युके अस्ट्रेलिया, क्यानडा, डेनमार्क लगायतका देशहरुमा जान नेपालीहरुले केके कुराहरु अपनाउने, के कस्तो डकुमेन्ट, कलेजको कुन-कुन सेक्टरमा अध्ययन गर्न पाइन्छ लगायतका विषयमा प्रशिक्षण गराइएको बिर्तामोड स्टडी पार्क इलाम शाखा प्रमुख दिलिप पौडेलले जानकारी दिए ।

बिर्तामोड स्टडी पार्क इलाम शाखाले पछिल्लो समय आयल्स र जापानका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

बिर्तामोड स्टडी पार्कले बिर्तामोडमा मुख्य कार्यालय रहेर फिक्कल, इलाम र भद्रपुरबाट आफनो सेवा दिइरहेको छ । पार्कले निकट भविष्यमा अन्य क्षेत्रबाट पनि सेवा दिने योजना बनाएको छ

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *