Skip to main content

Sky Media Nepal

तीज गीत ‘आयो तीज रङ्गियो गाउँबेसीको’ म्युजिक भिडियो सार्वजनिक।

 

बिर्तामोड ।।  नेपालीहरूको महानचाड हरितालिका तीजको अवसर पारेर बजारमा विभिन्न तीज गीतहरू आइरहेको बेला सरगम संगीतालय बिर्तामोडले पनि नयाँ तीज गीत सार्वजनिक गरेको छ। गायिकाहरू दीक्षा रसाइली सपना थापा रविना लिम्बु सोनिया घिसिङ र निरुता तामाङको स्वरमा रहेको तीज गीत ‘आयो तीज रंगियो गाउँ बेसी’ नामक तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सरगम संगीतालयको ब्यानरमा निर्माण भएको उक्त गीत सरगम- संगीतालयकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

झापाको धार्मिक तथा पर्यटकीय स्थल अर्जुनधारा जलेश्वर धाममा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई दीपक रायमाझीले निर्देशन सुवास लिम्बुले छायाङ्कन पदम तामाङले शृंगार र दिलमाया पन्थाक  लिम्बुले नृत्य निर्देशन गरेका छन्

नेपाली मौलिक तीजको मर्म अनि वास्तविक नेपाली नारीहरूको अहिलेको परिस्थिति बोकेको तीज गीत ‘आयो तीज रङ्गियो गाउँ बेसीमा’ दीपक रायमाझीकै शब्द र संगीत रहेको छ। मौलिक शब्द र वास्तविकतामा रहेर बनेको उक्त गीत सबैले हेरिदिन समेत अनुरोध गरिएको छ। गीतलाई संजीव बराइलीले संगीत संयोजन गरेका छन् भने  सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *