Skip to main content

Sky Media Nepal

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु , दुई गम्भीर घाइते

 

बिर्तामोड साउन ३०

Advertisement
।। पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुट्टाबारी चारअलि सडक खण्डमा  मोटरसाइकलको  ठक्कर बाट  एकजना पैदलयात्रीको मृत्यु भएको छ । अन्य दुईजनाको गम्भिर अवस्थामा उपचार भईरहृको छ ।

मेचीनगर-१३ कालिझोडामा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे.६ प. ८३२० नम्बरको मोटर साईकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घट्नामा पैदलयात्री नाम थर खुल्न नसकेको ३६ बर्षको पुरुष घाइते भएका थिए। उनको टाउकोमा गहिरो चोट लागेको थियो । बोल्न नसक्ने गरि घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको  छ ।

दुर्घटनामा परेका मोटर साईकल चालक सवार मेचीनगर-१३ का मन्दिप मेचेको दुबै हात र खुट्टामा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  सोही मोटरसाईकलमा पछाडि बसेका सागर मेचेको टाउकोमा चोट लागेको छ । उनको गम्भिर अवस्थामा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न मोटरसाईकल प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *