Skip to main content

Sky Media Nepal

इटहरीमा एक शिशुको वीभत्स हत्या,हत्या आरोपमा एक जना पक्राउ

 

इटहरी साउन २७ ।। सुनसरीको इटहरीमा एक शिशुको वीभत्स हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका-५ पचरुखीमा बस्दै आएका सालिग्राम लुइँटेलले नातामा आफ्नै भतिजी पर्ने नाबालिका आइन्सु लुइँटेलको वीभत्स किसिमले हत्या गरेको प्रहरीले जनाएको छ । ती बालिकाको हिजो दिउँसो हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा प्रयोग गरिएको ब्लेडसहित ३० वर्षीय सालिग्रामलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न लुइँटेलले केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेतले जानकारी दिए । तीन वर्षअघि घरको छतबाट हाम फालेर लुइँटेलको ढाड पनि भाँचिएको अनुसन्धानबाट खुलेको बस्नेतले बताए ।

सालिग्रामले आईन्सुको हत्या गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *