Skip to main content

Sky Media Nepal

विराटनगमा प्रहरीको गाडी दुर्घटना ३० प्रहरी घाइते

बुधबार बेलुका कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरीहरू डियुटी सकेर फर्किंदै गर्दा गाडी पल्टिदा दुर्घटना भएको हो ।

घाइते भएका प्रहरीहरुको  विराटनगरस्थित कोशी अस्पतला, न्यूरो र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले जानकारी दिए ।

घाइते हुने अधिकाशं प्रहरी जवान रहेका छन् । ‘डियूटी सकेर प्रहरी चढेको टु टन गाडी कार्यालयतर्फ आउँदै थियो । भट्टीमोर्डको ट्रनिङमा स्कुलबाट आएका विद्यार्थीहरूलाई जोगाउन खोज्दा दुर्घटना भएको प्रराम्भिक जानकारी आएको छ,’ एसएसपी दाहालले भने, ‘दुर्घटनामा घाइते भएका प्रहरीहरुलाई उद्धार गरी अस्पताल पठाउने काम सकिएको छ । अहिले उपचार भइरहेको छ ।’

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *