Skip to main content

Sky Media Nepal

नुनको मूल्य बढ्यो

 

काठमाडौं असार १८ ॥ साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य बढाएको छ।

कर्पोरेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको हो।

अब आयो नुन एक केजीको प्याकेटको २६ रुपैयाँ पर्नेछ। यसअघि उक्त नुनको मूल्य प्रतिकेजी २३ रुपैयाँ थियो।

यस्तै न्यू शक्ति नुनको मूल्य प्रतिकेजी १७ रुपैयाँबाट २० रुपैयाँ पुर्‍याइएको छ। भानु नुन प्रतिकेजी ९ रुपैयाँ यथावत छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *