Skip to main content

Sky Media Nepal

मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुईदिने विकास पत्रकारिता तालिम सम्पन्न

मेचीनगर असार ।। मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुईदिने विकास पत्रकारिता तालिम सम्पन्न भएको छ। मेचीनगरका पत्रकारहरुलाई लक्षित गरेर पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नगरको सभाहलमा भएको आज दोस्रो दिनको तालिमको सहजीकरण पत्रकार जीएन शर्माले गरेका थिए ।

समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले पत्रकारसँग जनताले धेरै अपेक्षा गरेको बताउँदै राम्रा–नराम्रा दुवैलाई समेटेर सबै क्षेत्रमा कलम चलाउन समेत आग्रह गरेका छन् ।

कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशिक्षक ज्ञानेन्द्र निरौला, पत्रकार अम्बिका भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सहभागीका तर्फबाट प्रविण अधिकारी, मनिषा गौतम, नेहाल दर्जी र प्रिया तामाङले तालिम अत्यन्तै प्रभावकारी भएको बताउँदै आगामी दिनमा पनि यस्ता तालिमको आयोजना गर्न आग्रह गरेका छन् । तालिममा ३० जना भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य सचिव प्रकाश पौडेलले गरेका थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...