Skip to main content

Sky Media Nepal

जित्नेहरू देख्यौं, भोग्यौं अब “हार्न तयार” पनि रोज्ने कि ?

दिपक

Advertisement
कुमार भट्टराई

आजसम्मको अनुभवले देखायो— “दबंग” शैलीका नेता, जो बोल्न जान्दछन, चिच्याउन सक्छन्, र “देश बनाउने” भाषण दिन्छन्, त्यस्तैलाई हिरो ठानिन्छ। तर उनीहरू नै सत्तामा पुगेपछि, न त लोकतन्त्रको सम्मान गर्छन्, न त दीगो विकासमा ध्यान दिन्छन्। सत्ता टिकाउने खेल, विरोधीलाई धम्क्याउने शैली, अनि हार्न नमान्ने अहंकार ।

तर लोकतन्त्र जहाँ:

हार्न सक्ने साहस हुन्छ,

आलोचना सुन्न सक्ने कान हुन्छ,

सानो सफलतामा खुसी हुने मन हुन्छ,

अनि गल्ती स्वीकार गर्न सक्ने इमान हुन्छ।

 

अब, सायद हार्न जान्ने, तर विकास जित्ने नेताहरू खोज्ने बेला आयो । जसले ठूलाठूला सपना होइन, थप एक अस्पताल, थप एक सरकारी विद्यालय सुधार, थप १० जनालाई रोजगारी सिर्जना गर्न सके भनेर मापन गर्न सकियोस ।

 

जो छोटो भाषण र लामो योजना बनाउने,

अनि जो “म गलत थिएँ” भन्न सक्ने साहसी नेता होस।

हो, यस्ता नेताहरू आकर्षक नदेखिएलान, टीकटकमा भाइरल नहोलान, चुपचाप, ईमानदार, अनि दीगो तरिकाले काम गर्लान । हो यस्तै शान्त, सहनशील, समर्पित तर “हार्न पनि तयार” नेता खोज्ने / रोज्ने बेला भएन र ?

तपाईंलाई के लाग्छ ?

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *