Skip to main content

Sky Media Nepal

बर्दिया लगायत ४१ जिल्लामा बाढीको जोखिम

बर्दिया–

जल तथा मौसम विज्ञान विभागले बर्दिया सहित देशभरका ४१ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको सुचना दिएको छ।

विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै जिल्लासहित पूर्व, मधेस र गण्डकीका केही जिल्लामा नदी–खोलाको बहाव बढेर आकस्मिक बाढीको जोखिम हुने अनुमान गरेको हो ।

कपिलवस्तु, वाग्लुङ, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, बर्दिया, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला हुँदै बहने नदीहरूको बहाव उल्लेख्य बढ्ने विभागले जानकारी दिएको छ ।

त्यस्तै, डोटीदेखि कञ्चनपुरसम्मका केही नदी तथा खोलामा आकस्मिक बाढीको खतरा रहेको छ भने पूर्वी जिल्लाहरूको नदी तथा खोलामा पनि जोखिमको पूर्वानुमान गरिएको छ ।

आज बिहानको मापनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू, साथै कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव अहिले सतर्कता तहभन्दा तल भए पनि वर्षा बढेसँगै खतरा बढ्न सक्ने विभागले चेतावनी दिएको छ ।

मनसुनको न्यूनचापीय रेखा हाल पश्चिमतर्फ सक्रिय भएकाले विशेषगरी पश्चिम नेपालका नदी तथा खोलामा बाढीको जोखिम उच्च रहेकोले नदी तटीय क्षेत्रमा बस्नेहरूलाई विभागले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *