Skip to main content

Sky Media Nepal

भारतसँगको लडाईमा पाकिस्तानी सेनाका ११ सैनिकको मृत्यु

काठमाडौँ । भारतसँगको लडाईमा पाकिस्तानी सेनाका ११ सैनिकको मृत्यु भएको छ ।

Advertisement

पाकिस्तानी सेनाले भारतसँगको सैन्य झडपमा पाकिस्तानी सेना र वायुसेनाका ११ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

मंगलबार जारी गरिएको विज्ञप्तिमा भारतसँगको लडाईंमा एक स्क्वाड्रन लिडर सहित पाँच वायुसेनाका कर्मचारी मारिएका छन् र अन्य छ जना सेनाका कर्मचारी पनि मारिएको उल्लेख छ ।

विज्ञप्ति अनुसार, मे १० मा भएको भारतीय आक्रमणमा सबै कर्मचारी मारिएका थिए । त्यस्तै मे ६-७ को राति भएको भारतीय आक्रमणमा सात महिला र १५ बालबालिकासहित ४० जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । घाइतेहरूमा १० महिला र २७ बालबालिका छन् । झण्डै चार दिनको लडाईंपछि, भारत र पाकिस्तानले अन्ततः शनिबार युद्धविरामको घोषणा गरेका थिए ।

यसअघि सोमबार, भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ मा आठ भारतीय सुरक्षाकर्मीको मृत्यु भएको बताएको थियो ।

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *