Skip to main content

Sky Media Nepal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त, संसदमा सरकारको ध्यानाकर्षण

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एक मात्र संचालनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त रहेको बताउदै चेकिङ हुने ठाउँमा नै अलमल पर्ने अवस्था रहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो देशको चलिरहेको एउट मात्रै विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ । दुइ वटा बनाए तर चलेका छैनन् पोखरा र भैरहवा । तर काठमाडौं विमानस्थलमा नागरिकहरुको गुनासो आइपछि म आफैं गएको थिए । विमानस्थलमा अस्तव्यस्तताको एकदमै पराकाष्ट छ । ठाउँको  अभाव छ । चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल परिरहन्छ । लगेज लिनपनि घन्टौं पर्खिनुपर्ने अवस्था छ ।  लगेजको कहिलेकाही ताल्चा फुटाइन्छ । जुन एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेको छ । त्यसको पनि बेइज्जत नगरौं ।’

साथै उनले एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेका भए पनि यसको अन्तर्राष्ट्रिय बेइज्जत नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *