Skip to main content

Sky Media Nepal

विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न रास्वपा सांसद शाहको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाह विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

Advertisement

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहले विद्युतीय सवारीसाधनको प्रवर्द्धन र प्रोत्साहनमार्फत वैदेशिक मुद्रा बचत गर्नुका साथै वातावरणीय दुष्प्रभाव न्यूनीकरण गरी दीगो आर्थिक तथा पर्यावरणीय समृद्धि हासिल गर्न सक्ने सम्भावना रहेकाले यसमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने-  

पेट्रोलियम पदार्थमा अत्यधिक निर्भर रहँदै आएकोले हाम्रो अर्थतन्त्रमा गम्भीर प्रभाव पार्नुका साथै वातावरणीय प्रदूषण र जलवायु परिवर्तनमा समेत नकारात्मक असर पुर्‍याइरहेको कुरा सर्वबिदीत छ।

यस सन्दर्भमा, विद्युतीय सवारीसाधनको प्रवर्द्धन र प्रोत्साहनमार्फत हामीले वैदेशिक मुद्रा बचत गर्नुका साथै वातावरणीय दुष्प्रभाव न्यूनीकरण गरी दीगो आर्थिक तथा पर्यावरणीय समृद्धि हासिल गर्न सक्ने सम्भावना देखिन्छ। उक्त सम्भावनालाई मूर्त रुप दिन निम्न प्रस्तावहरूमा सरकार को गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु:

– पेट्रोलियममा चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्ने सम्बन्धमा आवश्यक कानूनी, प्राविधिक तथा नीतिगत व्यवस्था निर्माण।
– रूपान्तरण प्रक्रियामा लाग्ने लागतलाई सहज बनाउनका लागि अनुदान, कर छुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था।
– रूपान्तरण तथा मर्मतसम्भारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तालिम तथा प्राविधिक शिक्षाको व्यवस्था।
– विद्युतीय सवारीसाधनको चार्जिङ पूर्वाधार निर्माण तथा विस्तारमा निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्य प्रवर्द्धन।
उपरोक्त कदमहरूले नेपालको वातावरणीय, आर्थिक, तथा सामाजिक लक्ष्य प्राप्तिमा उल्लेखनीय योगदान पुर्‍याउनेछन्। तसर्थ, उक्त विषयलाई राष्ट्रिय प्राथमिकताको रूपमा स्वीकार गरी आवश्यक नीतिगत तथा कानूनी प्रावधानको निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *