Skip to main content

Sky Media Nepal

आतंकवाद,अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

न (ललितपुर) । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आतंकवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् भनेका छन् ।

Advertisement

नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको आज ललितपुरमा उद्घाटन गर्दै उनले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिए।

“लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका विषयमा भएको समिट महत्त्वपूर्ण छ, लोकतन्त्रमा चुनौती थपिएको देख्छु, लोकतान्त्रिक शासनमा जनताको अभिमत बलियो हुनुपर्छ, लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता कमजोर हुन्छ”, उनले भने ।

मन्त्री गुरुङले विधिको शासन स्थापना र निष्पक्ष पत्रकारितामा जोड दिँदै मिडिया काउन्सिल विधेयकमा स्वनियमनको दायरामा अनलाइन मिडियालाई ल्याउनेगरी प्रबन्ध भइरहेको जानकारी दिए । “प्रेस भन्नेबित्तिकै छापामाध्यमलाई बढी बुझ्ने गरिन्छ, अनलाइन माध्यम पनि  प्रेस नै हो, अनलाइन माध्यमबाट समस्या भएको छ”, गत महिना रु २० करोडभन्दा बढी ठगी भएको दृष्टान्त प्रस्तुत गर्दै उनले  सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भएको बताउँदै भने ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीले जलवायु परिवर्तनको प्रत्यक्ष असर हेर्ने ठाउँ लोमान्थाङ हो भन्दै यो समिट महत्त्वपूर्ण भएको बताए ।

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *